विद्यालयको परिचय
विजय माध्यमिक विद्यालयको स्थापन वि.स. २०२९ माघ १८ गते,कञ्चनपुर जिल्लाको साविक परासन गा.वि.स.अन्तर्गत पुनर्वासको विजयपुुर भन्ने ठाउंमा भएको थियो ।ठाउंको नामबाट विद्यालयको नामकरण भएको बुझिन्छ ।
हाल सुदुरपश्चिम प्रदेश, कञ्चनपुर जिल्ला पुनर्वास नगरपालिका वडा नं. १० स्थित यस श्री विजय माध्यमिक विद्यालयको स्थापना २०२९ सालमा भएको थियो ।
कञ्चनपुर जिल्लाको पुनर्वास साविक परासन गा.वि.स.विजयपुर भन्ने ठाउंमा २०२९ साल माघ १८ गते यस क्षेत्रका तत्कालिन बुद्धिजिवी समाजसेवीहरुको अथाक प्रयासबाट काठको झुप्रोमा स्थापना भएको यो विद्यालय हाल दाेंदा नदी वारी पुनर्वासको वडा नं. १० पचकडिया भन्ने ठाउंमा कक्षा १ देखि कक्षा १२ सम्म पाठन–पाठन हुने समुदायका विद्यालयको रुपमा विकास भएको छ ।
यो विद्यालय लामो समयसम्म नि.मा.वि तह सम्म सिमित रायौं ।आ.ब.२०५४÷०५५ मा माध्यमिक तहको अनुमाति प्राप्त र आ.ब. ०६५÷०६६ मा उच्चा माध्यमिक तहको अनुमाति प्राप्त गरेको छ ।हाल यस विद्यालयमा २४ जना शिक्षक कर्मचारी र ७५० जति विद्यार्थीहरु रहेका छन् । यस क्षेत्रका विद्यार्थीहरुको औषत भर्ना दर हेर्दा खेरी छात्र भन्दा छात्राको संख्या उल्लेख्या छ । दालित,जानजाति,ब्राम्हण,क्षेत्री सबै विद्यर्थीहरु यस विद्यालयमा अध्ययन गर्दछन् । दलित विद्यार्थीको बहुल्यता अरुको भन्दा अलि बढि छ ।